३ श्रावण २०८३, आईतवार

 

एसईईमा गुराँस विद्या सदनको उत्कृष्ट नतिजा

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा गुराँस विद्या सदनका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको गुराँस विद्या सदनका प्रिन्सिपल निशान खड्काले नयाँविश्वलाई जानकारी दिनु भयो ।

परीक्षामा ३० जना विद्यार्थीको सहभागिता रहेको थियो ।गुराँस विद्या सदन २०७४ सालदेखि संचालनमा आएको हो । मनोवैज्ञानिक ढंगले विद्यार्थीहरुलाई व्यवहार गरिने भएकोले विद्यार्थीहरुको सिकाई उपलब्धी यस विद्यालयको अब्बल रहेको छ ।

विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार सृजनशिल ढंगले अध्यापन गराउने भएकोले धेरै विद्यार्थी र अभिभावकको रोजाइमा गुराँस विद्या सदन पर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung