बागलुङ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को सोमबार प्रकाशित नतिजामा रुद्रेपिपल माध्यमिक विद्यालय विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको रुद्रेपिपल माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गौतमले नयाँविश्वलाई जानकारी दिनु भयो ।
परीक्षामा ६८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
परीक्षामा सहभागि विद्यार्थीमध्ये आकृति शाहले ३३४ जिपिए ल्याएकी छिन् ।
विसं २००९ सालमा स्थापित धौलागिरि अञ्चलकै जेठो यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज बोसेलले बताउनुभयो ।













































































































































































































