३ श्रावण २०८३, आईतवार

 

एसईईमा सामुदायिक धवलागिरी बहिरा आवासीय माविको उत्कृष्ट नतिजा

बागलुङ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को सोमबार प्रकाशित नतिजामा धवलागिरी बहिरा आवासिय माध्यमिक विद्यालय विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

यस विद्यालयले एसईईमा सम्मिलित प्राविधिक धार तर्फ कम्प्युटर ईन्जिनियररिङ विषयमा उत्साह जनक नतिजा निकालेका हुन् ।

भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको धवलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमबहादुर श्रीसले नयाँविश्वलाई जानकारी दिनु भयो ।

परीक्षामा १७ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

विसं २०६४ सालमा स्थापित यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung