बागलुङ । माध्यमिक शिक्षा परीक्षा एसईई० २०८२ को सोमबार प्रकाशित नतिजामा सनराइज आवासीय आवासिय माध्यमिक विद्यालयका विद्यार्थीले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छन् ।
भौतिक र शैक्षिक सुधारका साथै विद्यार्थी मैत्री वातावरणमा अध्यापन भइरहेको विद्यालयबाट परिक्षमा सहभागीहरुले एसईईको नतिजा जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको सनराइज आवासीय आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर क्षेत्रीले नयाँविश्वलाई जानकारी दिनु भयो ।
परीक्षामा ९ जना विद्यार्थीको सहभागिता रहेको थियो । यस विद्यालयमा प्रयोगात्मक र सृजनात्मक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावक र विद्यार्थीको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।













































































































































































































