बागलुङ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० को जिम्मेवारी महेश शर्मा ढकाललाई दिइएको छ।
वैशाख ३० मा बसेको सञ्चालक समिति बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत शर्मालाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको सूचनामा उल्लेख छ।
बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेपछि उनीबाट हुँदै आएका काम गर्ने गरी शर्मालाई जिम्मेवारी दिइएको बैंकले जनाएको छ।













































































































































































































