३ श्रावण २०८३, आईतवार

 

कालिका भगवती गुठीले पार्किङ शुल्कबाट वालमन्दिरमा दुई लाखको अक्षयकोष स्थापना

बागलुङ । कालिका भगवती गुठी व्यवस्थापन समितिले बालमन्दिर आधारभूत विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना गरेको छ ।

आइतबार कालिका भगवती गुठीका अध्यक्ष भुपेन्द्र खड्काले पत्रकार सम्मेलन मार्फत पहिलो चरणमा बालमन्दिरमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी गराउनु भएको हो ।

समितिले २०८२ माघदेखि २०८३ वैशाखसम्म पार्किङ शुल्कबाट संकलित रकममध्येबाट अक्षय कोष निर्माण गर्ने भएको हो । विद्यालयका प्रधानाध्यापक उमाकान्त पौडेलले उक्त अक्षयकोषबाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पठनपाठनलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनुभयो ।

पार्किङ व्यवस्थापनको खर्च कटाएर माघ, फागुन, चैत र वैशाख महिनामा गरी चार लाख रुपैयाँ संकलन भएको गुठीले जनाएको छ ।

पूर्वअध्यक्ष कुमार खड्का नेतृत्वको समितिले पार्किङ शुल्कबाट संकलित रकम मानव सेवा आश्रम बागलुङको भवन निर्माणको लागि प्रदान गरेको थियो ।

समितिले मोटरसाइकलबाट न्युनतम १० रुपैयाँदेखि  र गाडीबाट ५० रुपैयाँ पार्किङ शुल्क उठाउदै कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । ठूला गाडीहरुले स्वच्छिक हिसाबले धेरै पनि दिने गरेको छ ।

तस्बिर:ढोरपाटनन्युजबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung