बागलुङ । नेपाल उद्योग व्यापार महासंघको सचिव पदमा मुकेशचन्द्र राजभण्डारी सर्वसम्मत रूपमा चयन भएका छन्।
महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनले राजभण्डारीलाई सचिवमा चयन गरेको हो ।
शनिबार काठमाडौंमा सम्पन्न महासंघको पदस्थापन र बैठकमा राजभण्डारीले पदभार ग्रहण गर्नु भएको महासंघका महासचिव सूर्य थापाले बताउनुभयो ।
निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदर घिमिरेले राजभण्डारीलाई समितिको सचिव पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
राजभण्डारी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष तथा महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।













































































































































































































