३ श्रावण २०८३, आईतवार

 

कार्यकाल सकिन लाग्दा एमालेले छान्यो गण्डकीमा दलको उपनेता

बागलुङ । कार्यकाल सकिन लाग्दा एमालेले बल्ल गण्डकीमा दलको उपनेता चयन गरेको छ ।

एमाले गण्डकी प्रदेशसभा संसदीय दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य लिलबहादुर थापा मगर चयन गरेको हो ।

यसैगरी प्रमुख सचेतकमा यसअघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ ।  सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।

संसदीय दलका नेता खगराज अधिकारीले बिहीवार उपनेतामा थापा मगर, प्रमुख सचतेकमा देवका पहारी र सचेतकमा भक्त बहादुर कुँवरलाई मनोनयन गर्नु भएको हो ।

प्रदेश सभामा नेकपा एमालेका २२ जना सांसद रहेका छन् । प्रदेश सभाको कार्यकाल अब डेढ वर्ष मात्रै समय बाँकी छ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung