३ श्रावण २०८३, आईतवार

 

कुँडुले माविको ६८औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

बागलुङ । श्री कुँडुले माध्यमिक विद्यालयको ६८औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको हो ।

विसं २०१५ सालमा स्थापना भएको यस विद्यालयले हाम्रो लक्ष्य विद्यार्थीहरुको सुन्दर र उज्ज्वल भविष्य भन्ने मूल नाराका साथ वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

विद्यालयले अन्तर विद्यालय स्तरीय सचेत नागरिक निर्माणमा , शिक्षाको भूमिका विषयक वक्तृत्व कला प्रतियोगिता पनि आयोजना गरेको थियो ।

कार्यक्रममा श्री कुँडुले माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिलाल कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित शेरचन, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्य, बागलुङ नगरपालिका वडा नंम्बर ४ को वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, बागलुङ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसी सन्तोष, कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक खडानन्द सापकोटा, कुँडुले माविका पूर्वअध्यक्ष तुलसिराम सापेकाटा, विद्यार्थी सुरज सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम श्री कुँडुले माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद आचार्यको अध्यक्षता, सहायक प्रधानाध्यापक विष्णु आचार्यको स्वागत र शिक्षक कृष्ण शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung