३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा चित्र साहनी

बागलुङ । नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्य पदमा चित्र साहनी सर्वसम्मत रूपमा चयन भएका छन्।

महासंघको चौथौं वार्षिक साधारण सभा तथा दोस्रो महाधिवेशनले साहनीलाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।

शनिबार काठमाडौंमा सम्पन्न महासंघको पदस्थापन र बैठकमा साहनीले पदभार ग्रहण गर्नु भएको महासंघका महासचिव सूर्य थापाले बताउनुभयो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदर घिमिरेले साहनीलाई समितिको केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

साहनी नेपाल उद्योग व्यापार महासंघका निर्वतमान केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung