बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा ९ सम्मका नवआगन्तुक विद्यार्थीलाई सोमबार स्वागत गरिएको छ।
विद्यालय परिवारले नयाँ विद्यार्थीलाई स्वागत गर्दै अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापमार्फत उज्ज्वल भविष्य निर्माणमा क्रियासिल रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनुभयो।
विद्यालयमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थी, जनप्रतिनिधि, अभिभावक तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
नवआगन्तुक विद्यार्थीलाई विद्यामन्दिर माविका प्रधानाध्यापक छवि रमण रेग्मी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ र बानपा-३ का वडा अध्यक्ष सनि केसी लक्ष्मणले स्टेशनरी सामान प्रदान गरेका विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा नवआगन्तुक एक सय ९८ जना विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीको अध्यक्षता र सहायक प्रधानाध्यक मुकुन्द शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।














































































































































































































