बागलुङ। सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समितिको बैठकले असार ३ गते बस्ने गरी साधारणसभा आह्वान गरेको छ।
साधारणसभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि र संरचना संशोधन गर्ने, बैंकको समूहगत सेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
समूह ‘क’ का संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र समूह ‘ख’ का सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ। बैंकले विशेष साधारणसभाका लागि जेठ २६ बुक क्लोज गर्ने सूचनामा उल्लेख छ।













































































































































































































