३ श्रावण २०८३, आईतवार

 

नेकपा बागलुङको नेतृत्व टुंगियो, इन्चार्जमा घिमिरे, सहइन्चार्जमा निउरे र गैरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो समयपछि बागलुङ जिल्ला नेतृत्वको जिम्मेवारी टुंगो लगाएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत डेढ दर्जनभन्दा बढी वामपन्थी शक्ति मिलेर बनेको नेकपाले जिल्लास्तरीय नेतृत्व चयन गर्दै कार्यविभाजन सार्वजनिक गरेको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी कार्यविभाजनअनुसार बागलुङ जिल्ला इन्चार्जमा जिम्मेवारी कमल घिमिरे, सहइन्चार्जमा फमलाल निउरे र ज्ञामनाथ गैरे ‘अनिल’ चयन हुनुभएको छ।

त्यसैगरी जिल्ला संयोजकको जिम्मेवारी प्रकाश घर्तीलाई दिइएको छ भने सहसंयोजकमा पिङ्गल गौतम चयन हुनुभएको छ।

जिल्ला इन्चार्ज कमल घिमिरे र सहसंयोजक पिङ्गल गौतम तत्कालिन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिबाट आउनुभएको हो ।

सहइन्चार्ज फमलाल निउरे, ज्ञामनाथ गैरे ‘अनिल’ तथा जिल्ला संयोजक प्रकाश घर्ती पूर्वनेकपा माओवादी केन्द्र पृष्ठभूमिका हुनुहुन्छ ।

नयाँ कार्यविभाजनसँगै पार्टीले जिल्लामा संगठन विस्तार, पार्टी एकता सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

नेतृत्व चयनसँगै जिल्लामा पार्टीका कार्यक्रम, संगठन निर्माण र जनसम्पर्क अभियानलाई थप व्यवस्थित ढंगले अघि बढाइने नेताहरूले बताएका छन्।

नेकपाले देशभर विभिन्न तहका संगठनात्मक संरचनालाई पूर्णता दिने क्रममा जिल्ला नेतृत्वको जिम्मेवारीसमेत टुंग्याएको जनाएको छ। जिल्ला संयोजकको जिम्मेवारी प्रकाश घर्तीलाई दिइएको छ भने सहसंयोजकमा पिङ्गल गौतम

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung