बागलुङ । फेन्सी व्यवसायी महासंघ नेपालको राष्ट्रिय भेलाले गोकुल प्रसाद कँडेललाई केन्द्रीय सदस्यमा सर्वसम्मत चयन गरेको छ ।
आइतबार भरतपुरमा सम्पन्न फेन्सी व्यवसायी महासंघ निर्माणको लागि आयोजित राष्ट्रिय भेलाले कँडेललाई केन्द्रीय सदस्यमा चयन गरेको हो ।
कँडेल कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङका उपाध्यक्ष पनि हुन् ।
‘एकता हाम्रो शक्ति, महासंघ हाम्रो आवश्यकता’ नारासहित आयोजित भेलाले रामप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।








































































































































































































