३० जेष्ठ २०८३, शनिबार

 

रुद्रेपिपल माविमा छात्रवृत्ति तथा पोशाक वितरण कार्यक्रम सम्पन्न

बागलुङ । एनएचसिएफ क्यानाडाको सहयोगमा शुक्रबार रुद्रेपिपल माध्यमिक विद्यालयमा विविध शैक्षिक तथा प्रोत्साहनमूलक कार्यक्रम सम्पन्न गरिएको छ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गौतमका अनुसार कार्यक्रममा विद्यार्थीहरूको सदन विभाजन, विभिन्न क्लब गठन, स्वास्थ्यसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

यसै अवसरमा आर्थिक अवस्था कमजोर भएका ३५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप झोला, विद्यालय पोशाक, जुत्ता, मोजा लगायत आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो।

विद्यालयमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउनुका साथै शैक्षिक गतिविधिहरूलाई प्रभावकारी बनाउन सहयोग पुगेको विद्यालयले जनाएको छ।

कार्यक्रम रुद्रेपिपल माविका प्रधानाध्यापक कृष्णप्रसाद गौतमको अध्यक्षता र शिक्षक सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung