३० जेष्ठ २०८३, शनिबार

 

ढोरपाटनमा मध्यराती ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राती ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बोबाङदेखि सालझण्डी–ढोरपाटन सडक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग १ त ६९८० नम्बरको ट्याक्टर प्याङखोलामा राती १ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक ढोरपाटन नगरपालिका–६ चामीदुवारका १८ वर्षीय आशिष घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी जानकारी दिनुभयो ।

बिहान शवलाई भिरबाट निकालिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung