५ असार २०८३, शुक्रबार

 

आर्दश विद्यामन्दिर माविका विद्यार्थीले ल्याए कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा

बागलुङ । आर्दश विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यार्थीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय विद्यार्थीले कानुन समूहमा र व्यवस्थापन समूहमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।

यस पटकको परीक्षामा कानुन र व्यवस्थापन संकाय गरी ५१ जना विद्यार्थी सहभागि भएका थिए ।

२०४७ सालमा स्थापना भएको यस विद्यालयमा विद्यार्थी मैत्री वातावरण भएकाले कक्षा १२ को परीक्षामा अब्बल नतिजा ल्याएको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले नयाँविश्वलाई जानकारी दिनु भयो ।

यस विद्यालयमा सृजनात्मक र व्यवहारिक ढंगले अध्यापन हुने भएकोले धेरै अभिभावकहरु र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung