६ असार २०८३, शनिबार

 

कक्षा १२ को नतिजामा न्यू ओएसिस एकेडेमीका विद्यार्थी अब्बल

बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को होटल म्यानेजमेन्ट र कम्युटर साइन्सको परीक्षामा बागलुङ नगरपालिका-४ उपल्लाचौरको न्यू ओएसिस एकेडेमीका विद्यार्थीहरु उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले लिएको २०८२ को परीक्षामा ८० विद्यार्थी सहभागी थिए ।

उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीले ३.५६ जिपिए ल्याएर उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल नेत्र न्यौपानेले नयाँ विश्वलाई बताउनु भयो ।

विद्यालयले मेहनति शिक्षकहरु राखेर यस पटकको परीक्षामा पनि राम्रो नतिजा प्राप्त गरेकोले धेरै अभिभावक र विद्यार्थीहरुको रोजाईमा यो विद्यालय पर्ने गरेको छ ।

मनोवैज्ञानिक ढंगले अग्रेजी माध्यमबाट पढाई, गुणस्तरीय शिक्षा, राम्रो सिकाई उपलब्धी र सर्वोत्कृट शैक्षिक नतिजा यस विद्यालयका विशेषताहरु हुन् ।

यो विद्यालय विसं २०५६ सालदेखि सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung