बागलुङ । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।
विद्यालयका अंकिता शर्मा र अन्जना शर्माले ३.९६ जीपीए प्राप्त गर्दै नेपाल टपर बन्न सफल भएका छन् भने निश्चल गौतमले ३.९३ जीपीए हासिल गरी धौलागिरी क्षेत्रमै प्रथम स्थान प्राप्त गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयले विज्ञान तथा व्यवस्थापन दुवै संकायमा शतप्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको छ।
विज्ञान संकायमा ३.६१ भन्दा माथिको औसत जीपीएसहित सबै विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ।
यस वर्ष विद्यालयबाट विज्ञान र व्यवस्थापन संकायका गरी १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
२०७६ सालदेखि कक्षा ११ र १२ को अध्यापन सुरु गरेको विद्यालयले छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको जनाएको छ।
विद्यालयका प्रिन्सिपल नवराज श्रेष्ठ ले विद्यार्थीमैत्री वातावरण, गुणस्तरीय शिक्षण विधि तथा सृजनात्मक र व्यवहारिक अध्यापनका कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताए।
२०६३ सालमा स्थापना भएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र व्यवहारिक सिकाइका कारण विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको छ।












































































































































































































