बागलुङ। लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्षमा शिवानी शाक्य चयन भएकी छन्। क्लबको हालै सम्पन्न अधिवेशनले वर्ष २०२६र२७ का लागि शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा सुन्दर आचार्य, द्वितीय उपाध्यक्षमा विकल्प घर्ती मगर तथा तृतीय उपाध्यक्षमा अर्पना पौडेल चयन भएका छन्।
त्यसैगरी सचिवमा सुभम राजभण्डारी, कोषाध्यक्षमा सुसन कँडेल, सहसचिवमा भूमिका शर्मा र सहकोषाध्यक्षमा सुभम शाक्य निर्वाचित भएका छन्।
कार्यसमितिका अन्य पदाधिकारीहरूमा मेम्बरसिप चिफ चेयरपर्सनमा इस्नो थापा मगर, टेमरमा सिद्धार्थ पौडेल, सचेतकमा प्रिन्सी थापा मगर, पिआरओमा अच्युत गौतम तथा क्लब सल्लाहकारमा शिवशंकर शाह कानु र देवेन्द्र विश्वकर्मा चयन भएका छन्।
अधिवेशन कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर काजिमान गुरुङ, डिष्ट्रिक्ट कोअर्डिनेटर राजेशचन्द्र राजभण्डारी र डिष्ट्रिक्ट जोन चेयरपर्सन ओमप्रकाश गौतमले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम क्लबका अध्यक्ष देवेन्द्र विश्वकर्माको अध्यक्षता, प्रथम उपाध्यक्ष शिवानी शाक्यको स्वागत तथा सचिव सुन्दर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।
लियो क्लब अफ धौलागिरि बागलुङ धौलागिरि क्षेत्रकै पहिलो लियो क्लबका रूपमा परिचित छ।














































































































































































































