बागलुङ । मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले आफ्नो १९औँ स्थापना दिवस मंगलबार आश्रमलाई सहयोग गरेर मनाएको छ ।
स्थापना दिवसको अवसरमा संस्थाले मानव सेवा आश्रमको भवन निर्माणका लागि रु २२ हजार २ सय २२ आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमको भवन निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहकारीका सल्लाहकार राम प्रसाद उपाध्याय, कोषाध्यक्ष हरि प्रसाद आचार्य, ऋण उपसमितिका संयोजक चिरिन्जिवि शर्मा, शिक्षा समितिका संयोजक रामचन्द्र शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मातृभूमि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सचिव रामप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।
सहकारीले स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।













































































































































































































