११ असार २०८३, बिहीबार

 

लायन्स क्लब अफ धौलागिरि बागलुङको पदस्थापन कार्यक्रम सुरु

बागलुङ। लायन्स क्लब अफ धौलागिरि बागलुङको पदस्थापन तथा स्वागत कार्यक्रम सुरु भएको छ।

विहिबार कार्यक्रममा डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर काजिमान गुरुङ तथा डिष्ट्रिक्ट कोअर्डिनेटर राजेशचन्द्र राजभण्डारी, क्लबका पूर्वअध्यक्ष तथा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्दै लायन्स अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।

सो अवसरमा लायन्स क्लब अफ धौलागिरि बागलुङका नवनियुक्त अध्यक्ष मनोज श्रेष्ठ, तृतीय उपाध्यक्ष विदेश कुमार श्रेष्ठ तथा कोषाध्यक्ष रामनाथ शर्मालाई स्वागत गरिएको थियो।

साथै, लियो क्लब अफ धौलागिरि बागलुङको अध्यक्षमा चयन भएकी शिवानी शाक्य, प्रथम उपाध्यक्षमा सुन्दर आचार्यलाई समेत बधाई तथा स्वागत गरिएको थियो।

कार्यक्रम क्लबका अध्यक्ष राजेश भारीको अध्यक्षता तथा सचिव विदेश कुमारीको सञ्चालनमा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक सेवा, नेतृत्व विकास तथा सामुदायिक उत्तरदायित्वका क्षेत्रमा लायन्स र लियो क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।

लायन्स क्लब अफ धौलागिरि बागलुङ धौलागिरि क्षेत्रकै पहिलो लायन्स क्लबका रूपमा परिचित रहेको छ। क्लबले स्थापना कालदेखि नै सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका विविध गतिविधि सञ्चालन गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung