१२ असार २०८३, शुक्रबार

 

चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मान

बागलुङ । चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले बीएलई, एसईई तथा कक्षा १२ (एसईएलसी) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम विक, शिक्षा समन्वय विकास इकाई बागलुङका अधिकृत दल थापाले उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल नवराज श्रेष्ठको स्वागत र शिक्षक नारायण प्रसाद पौडेलले सञ्चालन गर्नुभएको थियो।

विद्यालयले २०७६ सालदेखि कक्षा ११ र १२ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्यापन सुरु गरेको हो। छोटो समयमै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल भएको विद्यालयले जनाएको छ।

यस वर्ष विज्ञान र व्यवस्थापन संकायबाट गरी १५४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

कार्यक्रममा प्रिन्सिपल नवराज श्रेष्ठले विद्यार्थीमैत्री वातावरण, गुणस्तरीय शिक्षण पद्धति तथा सृजनात्मक र व्यवहारिक अध्यापनका कारण विद्यालयले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो।

२०६३ सालमा स्थापना भएको चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा व्यवहारिक सिकाइका कारण विद्यार्थी र अभिभावकहरूको रोजाइको विद्यालयका रूपमा स्थापित हुँदै गएको विद्यालयले जनाएको छ।

तस्बिर : मञ्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung