१७ असार २०८३, बुधबार

 

बागलुङमा लायन्सका दुई क्लबको रक्तदान, रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास

बागलुङ । सामाजिक सेवामा सक्रिय दुई लायन्स क्लबले संयुक्त रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई रगतको अभाव हुन नदिन सहयोग पुर्‍याउने उद्देश्यका साथ रक्तदान सम्पन्न गरेका छन्।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी–३२५) नेपाल अन्तर्गतको साप्ताहिक कार्यक्रमअन्तर्गत लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ शालिग्रामको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारीले बताइन् ।

बागलुङको अस्पताल रोडस्थित रक्तसञ्चार केन्द्रमा आयोजित कार्यक्रममा संकलित रगतले धौलागिरि अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

मानव जीवन बचाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमबाट रगतको अभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास आयोजकको छ।

लायन्स क्बल अफ बागलुङ सालिग्रामका अध्यक्ष इन्द्र कुमारी काउचाले कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबै रक्तदाताप्रति आयोजक क्लबहरूले आभार व्यक्त गरेका थिए।

रक्तदान जीवनदान भएकाले कार्यक्रममा रक्तदान गर्ने सबै रक्तदातालाई धन्यवाद–प्रमाणपत्र प्रदान गरिएको थियो।

लायन्स क्लबहरूले विगतदेखि नै रक्तदान, स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung