बागलुङ । लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा तथा लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ र लायन्स क्लब अफ बागलुङ ब्लुसिपको सहकार्यमा पहिलो एडभाइजरी कमिटी बैठक शनिबार सम्पन्न भएको छ।
बैठकमा रिजन चेयरपर्सन रञ्जिता श्रेष्ठ, क्लस्टर चिफ अस्मिता गौतम तथा डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवरले लायन्स अभियान, नेतृत्व विकास र सामाजिक सेवाका विविध पक्षमा मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठ, लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष सन्ध्या राजभण्डारी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष सीता राजभण्डारी तथा लायन्स क्लब अफ बागलुङ ब्लुसिपका प्रथम उपाध्यक्ष पारसिंह थापाले आ–आफ्ना क्लबले हालसम्म सञ्चालन गरेका सामाजिक गतिविधि र आगामी दिनमा सञ्चालन गरिने सेवा कार्यक्रम तथा रणनीतिबारे जानकारी गराएका थिए।
कार्यक्रम जोन–१ का जोन चेयरपर्सन गणेश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष सन्ध्या राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।














































































































































































































