२७ असार २०८३, शनिबार

 

जेडी इन्टरनेसनल एजुकेसनद्वारा विद्यामन्दिर माविलाई १ हजार लिटरको पानी ट्याङ्की सहयोग

बागलुङ । बागलुङ नगरपालिका–२, बालमन्दिर रोडस्थित जेडी इन्टरनेसनल एजुकेसनका सञ्चालक अविनाश केसी र विष्णु थापाले विद्यामन्दिर माध्यमिक विद्यालयलाई एक हजार लिटर क्षमताको पंचकन्या ब्रान्डको पानीको ट्याङ्की सहयोग गरेका छन्।

विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको उक्त ट्याङ्की विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठ र प्रधानाध्यापक छविरमण रेग्मीलाई हस्तान्तरण गरिएको हो।

वि।सं। १९९७ सालमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यको नेतृत्वमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा एसईई लगायतका सार्वजनिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ।

विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीका अनुसार विद्यालयमा रहेको विद्यार्थीमैत्री वातावरण, गुणस्तरीय शिक्षण–सिकाइ, अनुशासित शैक्षिक अभ्यास तथा शैक्षिक गुणस्तर सुधारमा निरन्तर गरिएको प्रयासका कारण उत्कृष्ट नतिजा सम्भव भएको हो।

उहाँले विद्यालयले शैक्षिक गुणस्तर वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विशेष जोड दिँदै आएको बताउनुभयो। हाल विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung