काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को कोषाध्यक्ष पदमा व्यवसायी किन्चु ल्हामु भुटिया श्रेष्ठ निर्वाचित भएकी छन्।
शनिबार सम्पन्न परिषद्को अधिवेशनमा राजु मान डंगोल नेतृत्वको समावेशी समूहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी श्रेष्ठले ७ सय ३३ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी रोशन अधिकारीले ३ सय ६६ मत प्राप्त गरेका थिए।
श्रेष्ठ रेड क्यास्मेर र टेस्ट अफ सिक्किमकी सञ्चालिका हुन्।
यसैगरी, परिषद्को अध्यक्षमा राजु मान डंगोल ७ सय २८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी प्रसय राजभण्डारीले ३ सय ६५ मत प्राप्त गरेका थिए।














































































































































































































