२९ असार २०८३, सोमबार

 

एमाले उपाध्यक्ष विष्णु पौडेलको हिरासत म्याद पाँचौँ पटक थप

बागलुङ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ।

अदालतले सोमबार तीन दिनको थप म्याद दिएको हो। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।

विभागको पत्रका आधारमा उनलाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung