१९ भाद्र २०८३, शुक्रबार

 

उद्योग व्यापार महासंघको स्थापना दिवसमा विद्यार्थीलाई आर्थिक शिक्षा

बागलुङ। नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा बुधबार बागलुङ नगरपालिका–३, राधाकृष्णटोलस्थित विद्यामन्दिर माध्यमिक विद्यालयका विज्ञान संकायका विद्यार्थीलाई आर्थिक शिक्षा प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्षले प्रत्येक विद्यार्थीलाई आर्थिक शिक्षा प्रदान गर्न सके देशलाई समृद्धिको दिशामा अघि बढाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले सानै उमेरदेखि बचत, लगानी, उद्यमशीलता र वित्तीय अनुशासनबारे ज्ञान हासिल गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा बागलुङ नगरकार्यपालिकाका कार्यपालिका सदस्य धनमाया शर्मा तथा विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापकले आर्थिक साक्षरताले विद्यार्थीलाई भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल बैंक लिमिटेड बागलुङ शाखाका सहायक प्रबन्धक रमाकान्त सापकोटाले पूँजि परिचालन, लगानी व्यवस्थापन, बचत तथा खर्च व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, बागलुङको आयोजनामा सम्पन्न कार्यक्रम संगठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको थियो। उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव गोकुलप्रसाद कँडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung