बागलुङ। नेपाल उद्योग व्यापार महासंघको पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार प्रत्यक्ष दृष्टि नेपाल बालाजु र नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशको आयोजनामा काठमाडौंको साँखुस्थित द्वन्द्वपीडित तथा अपाङ्ग समाज नेपालमा आश्रित अपाङ्ग बालबालिकाका लागि करिब रु ५० हजार बराबरको स्वास्थ्योपयोगी औषधि वितरण गरिएको छ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशका अध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासंघका सचिव दिलबहादुर महर्जनले स्थापना दिवसले उद्योग तथा व्यापार क्षेत्रमा सकारात्मक सोच र सही दृष्टिकोण विस्तार गर्न सहयोग पुर्याएको बताउँदै सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रमले महासंघको गरिमा अझ उचो बनाएको उल्लेख गर्नुभयो।
प्रत्यक्ष दृष्टि नेपाल बालाजुकी कार्यकारी सदस्य सदस्य विष्णु कुमारी उपाध्यायले संस्थाको समाजिक उत्तरदायित्वको बारेमा प्रकाश पार्दै समाजिक कामलाई निरन्तरता दिने बताउनुभयो ।
गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरे तथा प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै आर्थिक क्षेत्रसँग सम्बन्धित संस्थाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दा समाजका विपन्न र आवश्यकतामा रहेका समुदायले प्रत्यक्ष लाभ पाउने धारणा राख्नुभयो।
वक्ताहरूले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता, नेपाल उद्योग व्यापार महासंघ बागमती प्रदेशका महासचिव रविन सिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रत्यक्ष दृष्टि नेपाल बालाजुकी सदस्य विष्णु नेपाल, गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरे तथा प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै आर्थिक क्षेत्रसँग सम्बन्धित संस्थाले स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दा समाजका विपन्न र आवश्यकतामा रहेका समुदायले प्रत्यक्ष लाभ पाउने धारणा राख्नुभयो।
वक्ताहरूले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
















































































































































































