१२ श्रावण २०८३, मंगलवार

 

नेशनल लाइफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ले वैशाख महिनामा जारी गरेको मासिक योजनाअनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुका लागि ललितपुरस्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं सांकृतिक कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरुलगायत कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिति थियो।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष २०८३र८३ मा कम्पनीले प्रथम बीमाशुल्कसहित समग्र सूचाङ्कमा उत्कृष्टता हासिल गर्न सफल भएकोमा सहयोग गर्ने नियमनकारी निकाय, ग्राहक वर्गहरु, अभिकर्ता साथीहरुलगायत कम्पनीसँग जोडिएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।

साथै उनले नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गर्दै ग्राहकवर्गहरुलाई अझ बढी सेवा र सुविधा प्रदान गर्न थप जिम्मेवार भएर आआफ्नो स्थानबाट सहयोग गर्दै अघि बढाउन निरन्तर साथ मिल्ने अपेक्षासहित अभिकर्तालाई थप मजबुत बनाउनेतर्फ कम्पनीको विशेष ध्यान रहने विचार व्यक्त गरेका थिए।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई चर्चित प्रशिक्षक काजिम रजाले बीमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधी एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनुपर्ने कामबारे विभिन्न उदाहरण प्रस्तुत गर्दै गहन प्रशिक्षण प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung