बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन शनिबार (साउन १६) हुने भएको छ। अधिवेशन बागलुङ नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरको सभा कक्षमा आयोजना गरिने भएको हो।
अध्यक्ष पदका लागि ढालेन्द्र रायमाझी र राजेन्द्र शर्माले दाबी प्रस्तुत गरेका छन्। सचिव पदमा वविन खत्री नेपाल र प्रकाश रिजालले उम्मेदवारी दिने तयारी गरेका भए पनि रास्वपा बागलुङका पूर्वसभापति महेन्द्र खड्काका अनुसार सहमतिमै सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा छलफल जारी रहेको बताउनुभयो।
सभापतिको प्रमुख दाबेदारको रुपमा हेरिएका पुनम शर्माले आफ्नो उम्मेदवारीबारे अन्तिम निर्णय भोलिसम्म स्पष्ट पार्ने नयाँ विश्वलाई जानकारी दिनुभएको छ।
यसअघि २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट घोषणा गरिएको जिल्ला कार्यसमितिको वैधानिकतामाथि विवाद भएपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उक्त कार्यसमिति बदर गर्दै जिल्ला अधिवेशन पुनः गराउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार शनिबार पुनः अधिवेशन हुन लागेको हो।













































































































































































































