बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन शनिबार सुरु भएको छ।
रास्वपा बागलुङ क्षेत्र नं २ का सांसद सोम शर्माको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा जिल्लाका दशवटै स्थानीय तहबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ।
अधिवेशन बागलुङ नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरको सभा कक्षमा भइरहेको छ।
यसअघि २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट घोषणा गरिएको जिल्ला कार्यसमितिको वैधानिकतामाथि विवाद उत्पन्न भएपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उक्त कार्यसमिति बदर गर्दै अधिवेशन पुनः गराउने निर्णय गरेको थियो।
कार्यक्रम रास्वपा बागलुङ कार्यवाहक सभापति ढोलेन्द्र रायमाझीको अध्यक्षतामा सञ्चालन भैरहेको छ ।
केन्द्रीय निर्वाचन आयोगको सोही निर्णयअनुसार शनिबार पुनः जिल्ला अधिवेशन आयोजना गरिएको हो।
अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन गरिने कार्यक्रम रहेको छ।













































































































































































































