१६ श्रावण २०८३, शनिबार

 

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी र पुनम शर्मा प्रतिस्पर्धामा

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको जिल्ला सभापति पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन्।

सभापतिमा ढालेन्द्र माझी र पुनम प्रसाद शर्माले उम्मेदवारी दर्ता गरेको जिल्ला अधिवेशन निर्वाचन समितिका निर्वाचन प्रमुख डा. राम गुरुङले जानकारी दिए।

बागलुङ नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरको सभा कक्षमा शनिबार भइरहेको अधिवेशनमा विभिन्न पदका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका छन्।

उपसभापति पदमा खिमानन्द पौडेल र देवु बुढाथोकी, सचिवमा लिलबहादुर खत्री (बबिन) र प्रकाश रिजाल, सहसचिवमा हेमलाल उपाध्याय (बालकृष्ण) र कमलप्रसाद खरेलले उम्मेदवारी दिएका छन्।

सदस्य पदमा खिमलाल जैसी सापकोटा, सुनिता विक, हुमकुमारी भण्डारी, ओमप्रसाद न्यौपाने र दुर्गा गौतम उम्मेदवार बनेका छन्।

जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. १ संयोजकमा रामप्रसाद अधिकारी र यमकुमार मल्ल, जिल्ला सदस्य तथा निर्वाचन क्षेत्र नं. २ संयोजकमा हिमाल खत्री र कृष्णबहादुर नेपाली प्रतिस्पर्धामा छन्।

यस्तै, निर्वाचन क्षेत्र नं. १ (ख) संयोजकमा लालबहादुर पाठक, निर्वाचन क्षेत्र नं. १ (क) संयोजकमा टिकाराम सापकोटा तथा निर्वाचन क्षेत्र नं. २ सचिवमा दिपेन्द्र खत्री क्षेत्रीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ।

यसअघि २०८३ जेठ २३ गते गलकोटमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट घोषणा गरिएको जिल्ला कार्यसमितिको वैधानिकतामाथि विवाद उत्पन्न भएपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उक्त कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung