बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशनबाट ढालेन्द्र माझी सभापतिमा निर्वाचित भएका छन्।
शनिबार बागलुङ नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरको सभा कक्षमा सम्पन्न मतगणनाअनुसार माझीले ९३ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी पुनम प्रसाद शर्माले ८२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
उपसभापतिमा खिमानन्द पौडेल ९९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी देवजंग बुढाथोकीले ७५ मत प्राप्त गरेका थिए।
सचिव पदमा लिलबहादुर (बबिन) खत्री १११ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश रिजालले ६५ मत प्राप्त गरेका थिए।
त्यस्तै, सहसचिव पदमा हेमलाल उपाध्याय (बालकृष्ण शर्मा) ले ८८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कमलप्रसाद खरेलले ८५ मत प्राप्त गरेका थिए।













































































































































































































