२७ श्रावण २०८३, बुधबार

 

एनआईसी एशिया बैंकका ग्राहकलाई हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा २० प्रतिशतसम्म छुट

बागलुङ। एनआईसी एशिया बैंक र हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस समझदारीअनुसार ग्राहकले उक्त हस्पिटलमा सेवा लिँदा विभिन्न सेवामा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्ने छन्।

ग्राहकहरुले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङअन्तर्गतका हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्ने छन्।

यसैगरी, प्लाष्टिक सर्जरीअन्तर्गतका सेवामा ५ देखि १० हजारसम्मको छुट सुविधा उपलब्ध रहेको छ। औषधि, युएसजी, टीएमटी, ईसीजी जस्ता सेवाहरुमा १० प्रतिशतको सुविधा उपयोग गर्न सक्ने छन्।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मो-बैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्ने छन्।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung