८ भाद्र २०८३, सोमबार

 

रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १२ विद्यार्थीद्वारा कक्षा ११ विद्यार्थीलाई स्वागत

बागलुङ । रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरज बोसेलले विद्यार्थीलाई विद्यालयको वातावरणसँग घुलमिल हुन तथा आफ्नो अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउन विद्यालय तर्फबाट आवश्यक सहयोग र मार्गदर्शन प्रदान गरिने बताउनुभयो ।

उहाँले विद्यार्थीहरूले अनुशासन, मेहनत र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रालाई अघि बढाउँदै विद्यालयको प्रतिष्ठा कायम राख्न योगदान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रुद्रपिपल माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद गौतम, विद्यालय व्यवस्थापन समिति सदस्य दिपा आचार्य र कक्षा ११ की छात्रा प्रकृति विकले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमले कक्षा ११ र १२ का विद्यार्थीबीच आपसी परिचय, सहकार्य र आत्मीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्। साथै कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुती देखाएका थिए ।

कार्यक्रम कक्षा १२ की छात्रा मुस्कान सुनारको अध्यक्षता कक्षा १२ की छात्रा अञ्जली भण्डारीको स्वागत र कक्षा १२ की छात्रा कञ्चन गोतमेको संचालनमा सम्पन्न भएको थियो ।

तस्वीर : दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung