बागलुङ । नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य हर्क थापाको दिदी माया देवी थापाको स्मृतिमा मानव सेवा आश्रममा आश्रितलाई दिवा भोजन गराएको छ ।
शनिबार बागलुङ नगरपालिका–४ निरयघाटस्थित मानव सेवा आश्रममा रहेका लक्ष्मीनारायण तथा बालगोपालहरूलाई थापाको परिवारले भोजन गराएको हो । परिवारले आश्रमलाई १० हजार रुपैयाँ बराबरको भोजन सहयोग गरेको हो ।


दिदीको स्मृतिमा आश्रममा रहेका असहाय तथा बेसहारा व्यक्तिहरूलाई भोजन गराइएको परिवारले जनाएको छ ।
मानवीय सेवा र सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सेवामूलक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य हर्क थापाले नयाँ विश्वलाई बताउनुभयो ।



















































































































































































