१७ भाद्र २०८३, बुधबार

 

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ नगर समितिद्वारा बाढीपीडितका लागि ५६ हजार ५ सय सहयोग

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बागलुङ नगर समितिले भोटेकोशी बाढीपीडितका लागि ५६ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

२०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि समितिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।

बाढीबाट धेरै परिवारले घर, सम्पत्ति तथा आफन्त गुमाएर कठिन परिस्थितिको सामना गरिरहेको अवस्थामा उनीहरूको दुःखमा साथ दिन सहयोग गरिएको रास्वपा बागलुङ नगर समितिका अध्यक्ष रोशन कार्कीले जानकारी दिनुभयो ।

सहयोगले विपत्तिमा परेका परिवारमा आशा र भरोसा जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung