बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काठेखोला गाउँ समिति बागलुङको बैठक आइतबार सम्पन्न भएको छ ।
बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज ज्ञामनाथ गैरे ‘अनिल’ , जिल्ला संयोजक प्रकाश घर्ती र काठेखोला गाउँ समितिका इन्चार्ज गगनबहादुर पुन मगरले पार्टीको वैचारिक स्तर उकास्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले जनताको सेवामा ध्यान केन्द्रित गर्दै आधारभूत वर्गलाई संगठित गर्नुपर्ने र युवाको मनोविज्ञान बुझेर पार्टीका नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहाँहरूले पार्टीको संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
बैठकले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने, वडा अधिवेशन र गाउँ समितिको अधिवेशन चरणबद्ध रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
नेकपा काठेखोला गाउँ समितिका संयोजक टीका थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेकपा बागलुङले जिल्लाका दशवटै पालिकामा अधिवेशन केन्द्रित बैठक गरिरहेको जिल्ला संयोजक प्रकाश घर्तीले जानकारी दिनुभयो ।
















































































































































































