२४ भाद्र २०८३, बुधबार

 

प्रेस युनियन बागलुङको नवौँ अधिवेशनमा चार पत्रकार पुरस्कृत

बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाको २६औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा चार जना पत्रकार पुरस्कृत भएका छन् ।

बुधबार बागलुङ बजारस्थित दि सिल्भर पार्टी प्यालेसको सभाकक्षमा सम्पन्न कार्यक्रममा नारायण–मानकुमारी पत्रकारिता पुरस्कारबाट सुवासराज पन्त र सुरेश छन्त्याल तथा तारादेवी–स्वर्णमान सिंह पत्रकारिता पुरस्कारबाट हरिप्रसाद शर्मा र नवराज नेपाली पुरस्कृत भएका हुन् ।

पुरस्कृत पत्रकारलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचन र नेपाल प्रेस युनियन बागलुङ शाखाका अध्यक्ष संगम घर्ती मगरले जनही रु १० हजार नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रम नेपाल प्रेस युनियन बागलुङ शाखाका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता तथा उपाध्यक्ष सुवास आचार्य र सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung