बागलुङ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु ५ लाख आर्थिक सहयोग गरेको छ ।
समाजका उपाध्यक्ष महेन्द्रप्रसाद कँडेल, सह–कोषाध्यक्ष हरि सापकोटा र सदस्य कृष्णप्रसाद कँडेललगायतको टोलीले मंगलबार काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा र उपाध्यक्ष तेजबहादुर थापालाई रु ५ लाखको चेक हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष महेन्द्र प्रसाद कँडेलले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको बताउनुभयो ।
समाजका सह–कोषाध्यक्ष हरि सापकोटाले प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको संकटपूर्ण अवस्थामा देशभरका विभिन्न संघसंस्था एकजुट भएर राहत तथा सहयोग अभियानमा जुट्नुपर्ने बताउनुभयो ।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भोटेकोशी र त्रिशूली नदी किनारका बस्ती प्रभावित भएका थिए । बाढीबाट रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ ।
विपत्तिपछि सर्वसाधारण, वित्तीय संस्था, आमा समूह, युवा, शिक्षक, कर्मचारी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था, अन्तर्राष्ट्रिय नेपाली समाज तथा दाताहरूले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन् ।
ध्भम टस्द्दड एः
















































































































































































