२५ भाद्र २०८३, बिहीबार

 

नवराज बराल जाजरकोटको प्रमुख जिल्ला अधिकारी नियुक्त

बागलुङ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बागलुङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेको छ।

बरालले बागलुङमा करिब सात महिना सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी सम्हालेका थिए।

कार्यकालमा उनले सेवाग्राही तथा सर्वसाधारणका समस्या गहन रूपमा बुझ्दै छिटोछरितो ढंगले सेवा प्रवाहमा जोड दिएका थिए। उनको सरल र सहज कार्यशैलीले सेवाग्राहीको मन जितेका थिए ।

बराललाई बुधबार जिल्ला प्रशासन कार्यालय बागलुङमा एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यसहित कार्यालयका कर्मचारीहरूले बिदाइ गरेका छन्।

साथै बराललाई बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ, कालिका भगवती गुठीलगाएतले विदाई गरेको थियो ।

बिदाइ कार्यक्रममा बरालको आगामी जिम्मेवारीका लागि शुभकामना दिँदै बागलुङमा रहँदा उनले पुर्‍याएको योगदानको प्रशंसा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung