२६ भाद्र २०८३, शुक्रबार

 

प्रभु बैंकद्वारा रसुवा बाढीपीडित लागि राहत सामग्री वितरण

बागलुङ । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारका लागि प्रभु बैंक लिमिटेडले राहत सामग्री सहयोग गरेको छ।

बाढीबाट प्रभावित भएका परिवारहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले भाद्र २५ गते प्रभु बैंक लिमिटेडद्धारा थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय नुवाकोटलाई हस्तान्तरण गर्नु भयो ।

यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.२ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung