२६ भाद्र २०८३, शुक्रबार

 

गाँजा र चरेशसहित बुर्तिबाङबाट होटल सञ्चालक पक्राउ

बागलुङ । बागलुङको बुर्तिबाङबाट गाँजा र चरेश सहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । होटल सञ्चालन गर्दै गाँजा चरेसको कारोबार गरेको आशंकामा पुगेको प्रहरीले सञ्चालकलाई पक्राउ गरेको हो ।

लागूऔषध संकलन गरी बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले बुर्तिवाङ बजारबाट म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका वडा नं। २ लुलाङ स्थायी घर भई ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिवाङ रिभरहेडस्थित मीना होटल एण्ड रेष्टुरेण्ट सञ्चालक रामकुमारी थापालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

थापाको रेष्टुरेण्टबाट प्रहरीले एक हजार ५ सय ग्राम गाँजा र तीन सय ८० ग्राम चरेशसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

थापालाई भदौं २४ गते पक्राउ गरी आज थप अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थपिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung