२६ भाद्र २०८३, शुक्रबार

 

धवलागिरि बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संघको साधारण सभा भदौ २७ गते हुँदै

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संघ बागलुङको प्रथम वार्षिक साधारण सभा यही भदौ २७ गते शनिबार हुने भएको छ।

संघले बागलुङ नगरपालिका–२ स्थित धवलागिरि बहुमुखी क्याम्पसको सभाहलमा बिहान ११ बजे साधारण सभा आयोजना गर्न लागेको हो।

संघका अध्यक्ष जनकराज पौडेलका अनुसार संस्थापक सदस्य, आजीवन सदस्य तथा साधारण सदस्यलाई साधारण सभामा उपस्थितिका लागि अनुरोध गरिएको छ।

साधारण सभामा नयाँ कार्यसमिति चयन, सांगठनिक प्रतिवेदनमाथि छलफल, आर्थिक प्रतिवेदन प्रस्तुत तथा विविध विषयमा छलफल हुने संघकी कोषाध्यक्ष अधिवक्ता लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो।

धवलागिरि बहुमुखी क्याम्पस पूर्वविद्यार्थी संघ बागलुङको स्थापना २०८० सालमा भएको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung