२ आश्विन २०८३, शुक्रबार

 

ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना

बागलुङ । ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

१७ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका ढुंगाना ग्रीन डेभलपमेन्ट बैंकमा प्रवेश गर्नुअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए।

बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका ढुंगानाको नियुक्तिसँगै बैंकको आन्तरिक व्यवस्थापन, सेवा प्रवाह, कार्यसम्पादन तथा समग्र व्यावसायिक नतिजामा थप सुधार आउने बैंकले अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung