४ आश्विन २०८३, आईतवार

 

बागलुङ नगरका नौ वडामा कांग्रेसको अधिवेशन सम्पन्न

बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशन सम्पन्न भएको छ ।

बागलुङ नगरपालिकाका १४ वडामध्ये नौ वडामा अधिवेशन सम्पन्न भएको नगर सभापति उमाकान्त शर्मा ‘बाबु’ले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी पाँच वडामा अधिवेशन प्रक्रिया चलिरहेको छ ।

अधिवेशन सम्पन्न भएका वडामा बागलुङ नगरपालिका–१ को सभापतिमा भेपेन्द्र केसी, वडा नं–२ मा खगेश्वर पौडेल, वडा नं ५ मा दीपक आचार्य, वडा नं –६ मा बालकृष्ण सापकोटा, वडा नं –७ मा दिलीप पन्त, वडा नं–९ मा जनक खत्री, वडा नं–१० मा मौसम थापा, वडा नं –१२ मा मानबहादुर खत्री र वडा नं–१४ मा टेकनारायण शर्मा चयन हुनुभएको छ ।

नगर सभापति शर्माका अनुसार वडा नं –३, ४, ८, ११ र १३ को अधिवेशन आज सम्पन्न गर्ने तयारी गरिएको छ । अधिवेशनबाट सम्बन्धित वडाको नयाँ नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung