४ आश्विन २०८३, आईतवार

 

कांग्रेस बागलुङ नगरपालिका–२ को सभापतिमा पौडेल निर्वाचित

बागलुङ । नेपाली कांग्रेस बागलुङ नगरपालिका–२ को वडा अधिवेशनबाट खगेश्वर पौडेल सभापतिमा निर्वाचित हुनुभएको छ।

शनिबार होटल पिस प्यालेसमा सम्पन्न अधिवेशनबाट पौडेलको नेतृत्वमा १४ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो।

समितिको उपसभापतिमा एलिजा गौतम र दीपाकुमारी जिसी, सचिवमा निलेश राजभण्डारी तथा सहसचिवमा आनन्द बोसेल निर्वाचित हुनुभएको छ। अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।

अधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्का, गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ र प्रदेश सदस्य ध्रुवराज गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रम वडा कार्यसमितिका कार्यवाहक सभापति खगेश्वर पौडेलको अध्यक्षता र सचिव निलेश राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung