४ आश्विन २०८३, आईतवार

 

पाखाथर खानेपानी उपभोक्ता समितिको छैठौं साधारण सभा सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका–४ पाखाथरस्थित पाखाथर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैठौं साधारण सभा सम्पन्न भएको छ।

आइतबार सम्पन्न साधारण सभामा बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, नगर कार्यपालिका सदस्य धनमाया शर्मा र पाखाथर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सल्लाहकार खिमराम ढुंगानाले मन्तव्य व्यक्त गरेका थिए।

सभामा समितिकी कोषाध्यक्ष इन्दु सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा समितिको गतिविधि, खानेपानी व्यवस्थापन तथा उपभोक्तासँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो।

साधारण सभा पाखाथर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षता, उपाध्यक्ष देवी ढुंगानाको स्वागत र सचिव दुर्गादेवी ढुंगानाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung